माग पूरा गर्ने सहमतिपछि काममा फर्किए पुनर्निर्माणका प्राविधिक « Khabarhub

माग पूरा गर्ने सहमतिपछि काममा फर्किए पुनर्निर्माणका प्राविधिक


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु पुनर्निर्माणका काममा फर्कन सहमत भएका छन् ।

आइतबार प्राधिकरणमा भएको वार्तापश्चात् इञ्जिनियरहरुले पाउने संचार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकहरुलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएपछि उनीहरु काममा फर्कन सहमत भएका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा छलफल भएको हो ।

छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत् प्राविधिकहरुको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिपछि प्राविधिकहरुको समस्या सम्बोधन गर्न आफूहरु तयार रहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षभित्र पुननिर्माणका काम सम्पन्न गर्नेगरि अघि बढ्ने बताए ।

सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्राविधिकहरु काममा खटिने र असार मसान्तभित्र धेरैभन्दा धेरै लाभग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ५९ बजे

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु