माग पूरा गर्ने सहमतिपछि काममा फर्किए पुनर्निर्माणका प्राविधिक | Khabarhub Khabarhub

माग पूरा गर्ने सहमतिपछि काममा फर्किए पुनर्निर्माणका प्राविधिक


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु पुनर्निर्माणका काममा फर्कन सहमत भएका छन् ।

आइतबार प्राधिकरणमा भएको वार्तापश्चात् इञ्जिनियरहरुले पाउने संचार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकहरुलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएपछि उनीहरु काममा फर्कन सहमत भएका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा छलफल भएको हो ।

छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत् प्राविधिकहरुको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिपछि प्राविधिकहरुको समस्या सम्बोधन गर्न आफूहरु तयार रहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षभित्र पुननिर्माणका काम सम्पन्न गर्नेगरि अघि बढ्ने बताए ।

सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्राविधिकहरु काममा खटिने र असार मसान्तभित्र धेरैभन्दा धेरै लाभग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ५९ बजे

बिपी राजमार्ग दशैँमा पुनःमर्मत गरिँदै

काभ्रेपलाञ्चोक – एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।

आज २०८२ साल असोज ५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत