कर्णालीको सदन आज पनि चलेन « Khabarhub

कर्णालीको सदन आज पनि चलेन


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन ।

तीन पटक बैठक स्थगित भएको छ । यही असार ११ गते बाह्रौं बैठक बस्यो तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरेपछि स्थगित भयो । यो क्रम निरन्तर चलिरहेको छ ।

आज पनि एमालेले सदन अवरोध गरेपछि बैठक स्थगित भएको छ । सभामुख राजबहादुर शाहीले बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्ष दल एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकार र सदनमा आफ्ना कुरा सुनुवाइ नभएको टिप्पणी गरे । एउटै पार्टी प्रतिपक्ष र सत्तापक्ष हुने गरी चलाउन खोजिएको बैठक संसदीय अभ्यास विपरीत भएको उनले तर्क गरे ।

नेता कँडेलले भने, “एमाले कर्णाली प्रदेशसभा दलको सदस्यको हैसियतमा सर्वोच्च अदालतले जेठ २७ गते पुनर्बहाली गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही दलीय अनुशासनअनुसार चलेको अवस्था छैन । यसअघि सभामुख शाहीले चारै जनालाई एमाले प्रदेशसभा दलको सदस्यको हैसियत कायम रहेको पत्र पढेर जानकारी गराउनुभएको थियो ।”

“एमाले प्रतिपक्ष र सत्तापक्ष हुने के यो प्रदेशसभाको आशन व्यवस्था त्यस्तो छ ?”, सभामुखलाई प्रश्न गर्दै उनले भने, “सर्वोच्च अदालतले गरेको निर्णय त्यस्तै हो ? सर्वोच्चको निर्णयलाई सम्मान गर्दा पनि पुनर्बहाली भएका प्रदेशसभा सदस्यले त्यो बाटो अँगाल्नुभएको छैन ।” सभामुखको रुलिङसहित भएका निर्णय कार्यान्वयन र प्रदेशसभामा दल अनुसार आसन व्यवस्था नभएको जनाउँदै उनले संविधान धारा १६८ को उपधारा २ बमोजिम सरकारले चल्नुपर्ने बताए ।

संविधानको संरचनाअनुसार काम गर्न आग्रह गरेका उनले सर्वोच्च, सभामुख र संविधान विपरीत काम त्यसलाई समर्थन, सहयोग र स्वीकार्न नसकिने र बैठकको कारवाही अगाडि बढ्न नदिने धारणा व्यक्त गरेलगत्तै एमालेका प्रदेशसभा सदस्यले सदन अवरोध गरेका थिए । सदन अवरोधका कारण सभामुख शाहीले असार १८ गते शुक्रबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ०१ बजे

ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति

काठमाडाैं – नेकपा (एमाले)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा

परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

काठमाडौं – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत

इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा

ब्रसेल्स – युरोपेली सङ्घ (इयू)ले सोमबार इरानको रिभोलुसनरी गाड्र्सको नौसैनिक

सात वर्षपछि उत्तर कोरिया पुगेका सीलाई किमले भने- हाम्रो सम्बन्ध धेरै मजबुत छ

काठमाडौं- सात वर्षपछि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई