युरोकप फुटबल : नेदरल्याण्ड र चेक रिपब्लिकबीच पहिलो हाफ गोलरहित बराबरी « Khabarhub

युरोकप फुटबल : नेदरल्याण्ड र चेक रिपब्लिकबीच पहिलो हाफ गोलरहित बराबरी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको जारी खेलमा नेदरल्याण्ड र चेक रिपब्लिकले पहिलो हाफ गोल रहित बराबरी खेलेका छन् ।

हंगेरीको पुस्कास एरिनामा जारी खेलमा दुबै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल गर्न सकेका छैनन् । खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछन्। डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा नेदरल्याण्डले शतप्रतिशत जित निकालेको थियो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै