एमी र जर्जको सम्बन्ध संकटमा « Khabarhub

एमी र जर्जको सम्बन्ध संकटमा


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउडकी सुन्दर अभिनेत्री एमी ज्याक्सन र उनको हुनेवाला श्रीमान जर्ज पानायिटूको सम्बन्धमा खटपट भएको छ । केही दिन यता एमीले आफ्नो इन्स्टाग्राम एकाउण्टबाट जर्जसँग आफ्ना सबै तस्वीर हटाएपछि उनीहरुबीच खटपट भएको खुलेको हो । यद्यपि मिडियामा यो जोडीको ‘ब्रेकअप’को भएको चर्चा चलेपनि जोडीले आफूहरुको सम्बन्धको बारेमा केही बोलेका छैनन् ।

एमी जर्जसँग सन् २०१५ बाट सम्बन्धमा थिइन् । सन् २०१९ को जनवरीमा जर्जले एमीलाई जाम्बियामा प्रपोज गरेकी थिइन् । तीन महिनापछि एमीले आफ्नो सामाजिक सञ्जालबाट आफू जर्जको सन्तानको आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् ।

एमीले सन् २०१९ को मे महिनामा जर्जसँग आफ्नो इन्गेजमेन्टको तस्वीर शेयर गरेकी थिइन् । त्यही वर्षको सेप्टेम्बरमा एमीले छोरा एन्ड्रियासलाई जन्म दिएकी थिइन् ।

एमी र जर्जले छोराको जन्मपछि फोटो शेयर गर्दै आफ्नो खुशी फ्यानसँग बाडेका थिए । ‘हामी दुवै आफ्नो सन्तानका साथ पालनपोषणमा निकै खुशी महशुस गरिरहेका छौं,’ दुवैले लेखेका थिए । तर अहिले भने एमीले अचानक इन्स्टाग्रामबाट जर्जको सारा तस्वीर हटाउनुले उनीहरुबीचको सम्बन्धमा कैयौं प्रश्न खडा भएका छन् ।

एमीको इन्स्टाग्राम एकाउण्टमा जर्जको प्रेम प्रस्ताव, इन्गेजमेन्ट र पहिलो छोरा एण्ड्रियाज जन्मिएपछिको खुशीका साथ शेयर गरिएका तस्वीर सबै ‘गायब’ छन् । जसकारण पनि उनीहरुको ब्रेकअप भएको खबर चर्चामा छन् ।

कामको कुरा गर्दा एमी पछिल्लोपटक फिल्म ‘रोबोट २.०’मा अभिनेता रजनीकान्त र अक्षयकुमारका साथ देखिएकी थिइन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : १० बजे

जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच

भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार