एमी र जर्जको सम्बन्ध संकटमा « Khabarhub

एमी र जर्जको सम्बन्ध संकटमा


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउडकी सुन्दर अभिनेत्री एमी ज्याक्सन र उनको हुनेवाला श्रीमान जर्ज पानायिटूको सम्बन्धमा खटपट भएको छ । केही दिन यता एमीले आफ्नो इन्स्टाग्राम एकाउण्टबाट जर्जसँग आफ्ना सबै तस्वीर हटाएपछि उनीहरुबीच खटपट भएको खुलेको हो । यद्यपि मिडियामा यो जोडीको ‘ब्रेकअप’को भएको चर्चा चलेपनि जोडीले आफूहरुको सम्बन्धको बारेमा केही बोलेका छैनन् ।

एमी जर्जसँग सन् २०१५ बाट सम्बन्धमा थिइन् । सन् २०१९ को जनवरीमा जर्जले एमीलाई जाम्बियामा प्रपोज गरेकी थिइन् । तीन महिनापछि एमीले आफ्नो सामाजिक सञ्जालबाट आफू जर्जको सन्तानको आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् ।

एमीले सन् २०१९ को मे महिनामा जर्जसँग आफ्नो इन्गेजमेन्टको तस्वीर शेयर गरेकी थिइन् । त्यही वर्षको सेप्टेम्बरमा एमीले छोरा एन्ड्रियासलाई जन्म दिएकी थिइन् ।

एमी र जर्जले छोराको जन्मपछि फोटो शेयर गर्दै आफ्नो खुशी फ्यानसँग बाडेका थिए । ‘हामी दुवै आफ्नो सन्तानका साथ पालनपोषणमा निकै खुशी महशुस गरिरहेका छौं,’ दुवैले लेखेका थिए । तर अहिले भने एमीले अचानक इन्स्टाग्रामबाट जर्जको सारा तस्वीर हटाउनुले उनीहरुबीचको सम्बन्धमा कैयौं प्रश्न खडा भएका छन् ।

एमीको इन्स्टाग्राम एकाउण्टमा जर्जको प्रेम प्रस्ताव, इन्गेजमेन्ट र पहिलो छोरा एण्ड्रियाज जन्मिएपछिको खुशीका साथ शेयर गरिएका तस्वीर सबै ‘गायब’ छन् । जसकारण पनि उनीहरुको ब्रेकअप भएको खबर चर्चामा छन् ।

कामको कुरा गर्दा एमी पछिल्लोपटक फिल्म ‘रोबोट २.०’मा अभिनेता रजनीकान्त र अक्षयकुमारका साथ देखिएकी थिइन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : १० बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण