प्रहरीले फेला पार्यो राज र शिल्पाको संयुक्त बैंक खाता « Khabarhub

प्रहरीले फेला पार्यो राज र शिल्पाको संयुक्त बैंक खाता


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)–पोर्न फिल्म बनाएको मामलामा पक्राउ परेका भारतीय व्यापारी राज कुन्द्रालाई लिएर एक नयाँ खुलासा भएको छ । जुन खुलासाले उनकी अभिनेत्री पत्नी शिल्पा शेठ्ठी पनि समस्यामा पर्ने जनाइएको छ ।

प्रहरीले राज र शिल्पाको संयुक्त बैंक खाता फेला पारेको छ । यो खातामा लेनदेनको सम्बन्ध कुन तहसम्म थियो भन्ने अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले यो खातामा पोर्न फिल्मको पनि पैसा जम्मा हुने गरेको दाबी गरेको छ ।

क्राइम ब्राञ्चको जाँचले पञ्जाब नेशनल बैंक(पीएनबी)को यो संयुक्त खातामा करोडौं रुपैंयाँ जम्मा गरेको फेला पारेको छ । प्रहरीले ह्वाट्स एप र बलीफेम एपबाट कमाईको कालो धनलाई यसै खातामा जम्मा गरिएको हुनसक्ने दाबी गरेको छ । त्यहीकारण ब्राञ्चको चार सदस्यीय टिम यो खातामा भएको लेनदेनलाई सुक्ष्म रुपले अध्ययन गरिरहेको छ ।

पीएनबीको यो संयुक्त खाताका अलावा कुन्द्राको एक अलग खाता पनि छ । तर सन् २०१६ देखि यो खातामा कारोबार भएको छैन । रोचक कुरा के छ भने यो खातामा न्यूनतम ब्यालेन्स पनि राखिएको छैन ।

प्रहरीले जुलाई २३ मा राजको कुन्द्रा अँधेरीस्थित विआन इन्डस्ट्रीको भवनमा फेला पारेको सेक्रेट लकरबाट पीएनबीमा राज र शिल्पाको संयुक्त खाताको दस्तावेज र कैयौं पोर्न फिल्मको स्क्रिप्ट फेला पारेको थियो । जसको आधारमा जाँच तिब्र पारिएको छ ।

पोर्न फिल्म निर्माणको मामलामा शिल्पाको सहभागिताको सवाल अहिले केही बाहिर आएको छैन । यहीकारण उनी लगातार रुपमा पति राजको बचाऊ गरिरहेकी छन् । तर राज र शिल्पाको संयुक्त खाताको अनुसन्धानमा यदि प्रहरीले पोर्न फिल्मको कमाईको कुनै सम्बन्ध भेटाएमा शिल्पाका लागि पनि समस्या बन्ने समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १ : १५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय