साढे ५ किलो चरेशसहित दुईजना पक्राउ « Khabarhub

साढे ५ किलो चरेशसहित दुईजना पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका – ११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका – ६ का ३५ वर्षीय धनबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट पाँच किलो पाँच सय ग्राम लागुऔषध चरेश र एक लाख २० हजार रुपैयाँ नगद समेत बरामद गरिएको विष्टले बताए ।

दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : २२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा