एकैदिन १० हजार ६४५ संक्रमितको मृत्यु « Khabarhub

एकैदिन १० हजार ६४५ संक्रमितको मृत्यु


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा थप १० हजार ६४५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र १० हजार ६४५ जनाको मृत्यु भएसँगै विश्वमा अहिलेसम्म ४४ लाख ४७ हजार २५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अहिले विश्वमा सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख २६ हजार २५३ पुगेको छ । विभिन्न अस्पतालमा उपचाररत १ लाख १२ हजार ६१७ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेभन्दा संक्रमण हुने दर बढेको छ । बितेको २४ घण्टाको तथ्यांक हेर्दा ७ लाख ३ हजार १६ जनामा नयाँ संक्रमण देखिएको छ । सोही अवधिमा ५ लाख ७७ हजार ९४१ जनाले कोरोनालाई जितेका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या २१ करोड ५४ लाख २४ हजार ३८४ पुगेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ३४ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन