निधिले सम्पर्क कार्यालय स्थापना गर्नुअघि पुजारीको आशिर्वाद लिए « Khabarhub

निधिले सम्पर्क कार्यालय स्थापना गर्नुअघि पुजारीको आशिर्वाद लिए


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । लामो समय सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरी अगाडि बढेका छन् ।

उनले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नुअघि पशुपतिनाथ मन्दिरलगायतका पुजारीको आशिर्वाद लिएका छन् । निधिका प्रेस सल्लाहाकार रामजी दाहालले भने, ‘सभापतिको निर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा शुभाशिष लिनुभयो ।’

निधिले सम्पर्क कार्यालयमार्फत महाधविशेनका सम्पूर्ण तयारीको समन्वय गर्ने र दैनिक कार्यालयमा उपस्थित हुने सल्लाहाकार दाहालले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १२ : ३४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक