भाइरल ज्वरोका बिरामी बढे « Khabarhub

भाइरल ज्वरोका बिरामी बढे


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दाङ–मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् ।

राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको मेडिकल सुपरीटेन्डेन्ट डा विनोद सिंहले जानकारी दिए । कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उनको भनाइ थियो । सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले उपचारमा समेत समस्या भइरहेको बताइएको छ ।

तुलसी बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा किशोर खत्रीले विगतको तुलनामा केही दिन यता भइरल ज्वरोका बिरामी बढ्न थालेको बताए । ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता लक्षणका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिँदै उनले भने, ‘भाइरल ज्वरो एक प्रकारको भाइरसबाट सर्ने भएकाले यसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न र सरसफाइ तथा खाने कुरामा ध्यान दिनुपर्छ ।’

सुपरिटेन्डेन्ट डा सिंहले यस्ता बिरामीमा इन्फेक्सन भएमा स्वासप्रस्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई झाडापखाला हुने र समयमै निको नभए निमोनिया पनि हुनसक्ने भएकाले उपचारमा ध्यान दिन र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले सचेत हुन पनि सुझाव दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ०५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक