काबुल आत्मघाति आक्रमणको जिम्मा आईएसआईएसकेले लियो, कम्तिमा ९० जनाको मृत्यु « Khabarhub

काबुल आत्मघाति आक्रमणको जिम्मा आईएसआईएसकेले लियो, कम्तिमा ९० जनाको मृत्यु


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विहीबार साँझ भएको दुईवटा आत्मघाति बम विस्फोटको जिम्मेवारी इस्लामिक आतंकवादी संगठन स्लामिक स्टेट्सको क्षेत्रीय संगठन इस्लामिक स्टेट्स खोसरान (आईएसआईएसके)ले लिएको छ ।

तालिबानले अफगानिस्तानमाथि कब्जा लिएपछि काबुल विमानस्थलबाट विदेशी नागरिकहरुको उद्धार भइरहेका बेला विहीबार आत्मघाति बम आक्रमण भएको हो । २०११ पछि अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो यो आक्रमणमा कम्तिमा १३ जना अमेरिकी सैनिक मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो घटनामा अन्य ८५ जनाको मृत्यु भएको अरेबी समाचार माध्यम अलजजीराले जनाएको छ ।

सो बम विस्फोटमा मारिनेहरुको संख्याबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले फरक फरक जानकारी दिएका छन् । बीबीसीले कम्तिमा ९० जना मारिएको र ती मध्ये १३ जना अमेरिकी सेना रहेको जनाएको छ ।

यो आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडनले आतंकवादीसँग बदला लिइने बताएका छन् । उनले आतंकवादीलाई खोजेर निकालिने तथा बदला लिइने बताएका छन् । उता तालिबानमाथि बाइडनले विश्वास गरेको भन्दै उनको तिब्र आलोचना भइरहेको छ । अमेरिकामा बाइडनको राजीनामासमेत मागिएको छ ।

यता अफगानिस्तानका सत्ता त्यागेका उपराष्ट्रपति अरुल्लाह सालेहले तालिबान र हक्कानी नेटवर्कको आईएसआईसँग बलियो सम्बन्ध रहेको बताएका छन् । उनले काबुल आक्रमणका लागि तालिबान जिम्मेजवार रहेकोसमेत बताएका छन् ।

काबुल आक्रमणपछि अफगानिस्तानको अवस्था पथ संकटपूर्ण बनेको छ । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको सो आत्मघाति आक्रमणले उद्धार कार्यमा समेत समस्या उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर, बेलायती सेनाले भने आफ्नो स्वदेश फिर्तीको मिसन जारी रहेको बताएको छ ।

यही अगस्ट ३१ सम्म पूर्ण रुपमा विदेशी सेनाले अफगानिस्तान त्याग्नुपर्ने तालिबानले बताएको छ । तर सो समयसम्म उद्धार कार्य नसकिने अमेरिकाले बताउँदै आएको छ । हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । तर अमेरिकी सेना फर्किएपछि सो विमानस्थलको नियन्त्रण कसको हातमा पुग्छ भन्ने चासो बढेको छ । (एजेन्सी)

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ४७ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न