संवैधानिक परिषद्सम्बन्धी रिटः प्रधान्यायाधीश राणाले संवैधानिक इजलास छाड्नुपर्ने सुझाव « Khabarhub

संवैधानिक परिषद्सम्बन्धी रिटः प्रधान्यायाधीश राणाले संवैधानिक इजलास छाड्नुपर्ने सुझाव

भाग लिएको भनेपछि प्रधानन्यायाधीश आक्रोशित


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन ओली सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै गरेका नियुक्तिविरुद्ध परेको रिटमाथि शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ ।

सभामुख अग्नि सापकोटा र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेपछि उनको संलग्नतालाई लिएर रिट निवेदक अभिवक्ता अर्यालले प्रश्न उठाएका छन् ।

आफै सहभागी भएको बैठकले गरेका निर्णयविरुद्धको रिटमाथि सुनुवाइ हुने इजलासको नेतृत्व नै प्रधानन्यायाधीश राणाले गरेपछि अधिवक्ता अर्यालले प्रश्न उठाएका हुन् । गत मंसिर अन्तिममा र वैशाखमा गरी दुई पटक अध्यादेश ल्याएर संवैधानिक परिषदको बैठक बसालिएको थियो ।

ती दुबै बैठकले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्दा प्रधानन्यायाधीश राणा पनि उपस्थित थिए । तर, शुक्रबार ती निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदा राणाकै नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।

सुनुवाइका क्रममा अधिवक्ता अर्यालले यी रिटमाथि सुनुवाइ हुँदा संवैधानिक इजलास राणारहित हुनुपर्ने बताएका छन् । उनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा प्रधानन्यायाधीश राणाको पनि भूमिका देखिएको जिकिर गरेका छन् । उनले भने, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आउनमा श्रीमान्‌को पनि भूमिका देखियो ।

संवैधानिक इजलास विज्ञ रामकृष्ण तिमल्सिनालगायतका व्यक्तिहरू पनि जोडिए र नियुक्ति भयो । यसमा उहाँका नातागोता पनि परेका छन् । न्यायिक प्रतिष्ठानमा कार्यकाल नसकिँदै अर्को नियुक्ति भएको छ । जब प्रधानन्यायाधीश भागबण्डामा सामेल हनुुभयो त्यसैले उहाँले यो मुद्दा हेर्न मिल्दैन ।’
इजलासमा बहस गर्दा अधिवक्ता अर्यालले भागबण्डामा सहभागी भएको बताएपछि प्रधानन्यायाधीश राणा आक्रोशित भए । उनले व्यक्तिगत

कुरा नगर्न भन्दै असंवैधानिक भए त्यसमा बहस गर्न भने । यो रिटमाथि यसअघि लिखित जवाफ दिँदै प्रधान्यायाधीश राणाले अध्यादेश संविधान सम्मत रहेको जिकिर गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : १३ बजे

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाको युनाइटेड स्टेड सेन्टरल कमान्ड (सेन्टकमक) का कमाण्डरले राष्ट्रपति

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,