अफगानीहरुलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा « Khabarhub

अफगानीहरुलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारत आउन चाहने अफगानी नागरिकहरुलाई आकस्मिक प्रवेश अनुमति (भिसा) दिने भारतले घोषणा गरेको छ । भारतीय गृहमन्त्रालयले ६ महिनाका लागि आकस्मिक भिसा दिने घोषणा गरेको एएनआई समाचार एजेन्सीले जनाएको छ ।

अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि हजारौं अफगानीहरुले अफगानिस्तान छाडिरहेका छन् । भारत र तालिबानबीच सुमधुर सम्बन्ध नहुने संकेतहरु देखिएका बेला भारतले अफगानीहरुलाई आकस्मिक भिसा दिने घोषणा गरेको हो ।

भारतले अफगानिस्तानमा तालिबानको कब्जापछि आफ्नो राजदूतावास बन्द गरिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै एक सार्वजनिक कार्यक्रममा आतंकीको सत्ता धेरै नटिक्ने बताएको भन्दै तालिबानले आपत्तिसमेत जनाएको छ । तालिबानले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई सचेत गराएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ३५ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न