धरान उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय भवन शिल्यानास | Khabarhub Khabarhub

धरान उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय भवन शिल्यानास


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिका वडा नं. १ को आफ्नै वडा कार्यालय भवन बन्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बिच मेयर तिलक राईको उपस्थितिमा प्रदेश सभाका प्रतिपक्ष दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोइरालाले वडा कार्यालय भवनको शिल्यानास गरेका छन् । शिल्यानास कार्यक्रममा उपमेयर मञ्जु भण्डारीले नगरपालिकाको विकासमा नागरिकको ठूलो भूमिका रहेको बताइन् । उपमहानगरपालिकाले जनतालाई सुविधा दिनका लागि चेक हस्तान्तरण, राजस्व लगायत कार्य वडाबाटै सुरु गरिएको उपमेयर भण्डारीले बताइन् ।

मेयर राईले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताए । भवन निर्माणका लागि सहज बनाइदिएको भन्दै मेयर राईले धन्यवाद प्रकट गरे । क्षयरोग कार्यालय भवनलाई समेत व्यवस्था गर्नेगरी वडा कार्यालय भवन निर्माण गर्न लागिएको मेयर राईले बताए ।

जिल्ला समन्वय समितिबाट यसअघि नै बजेट व्यवस्था गरिएको भए समय मै वडा कार्यालय भवन निर्माण हुने बताउँदै मेयर राईले समयमै भवन निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनिलाई आग्रह गरे । वडा नं. ११ मा पनि चाँडै वडा कार्यालय भवन निर्माण हुनेछ । पहल कदमी गर्यो भने विकास निर्माणको काम हुने मेयर राईको भनाइ थियो । उपमहानगरपालिकाका वरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठले धरानको २० वटा वडामध्ये ६ वटा वडाको भवन बन्न बाँकि रहेको जानकारी दिए । वडा नं. १, २, ३, ४, ११ र १२ को भवन बन्न बाँकी रहेको उनले बताए ।

उनका अनुसार उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनि दिपादिल कन्सट्रक्सनसँग (भ्याट पि. एस र कन्टिजेन्सिस समेत) १ करोड २३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ ९७ पैसामा सम्झौता भएको छ । उक्त वडा कार्यालय भवन जिल्ला समन्वय समितिको ५० लाख रुपैयाँ र नगरपालिको ७३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ ९७ पैसामा साढे दुईतलाको बन्नेछ । भवन पाँच तलासम्म जानसक्ने निर्माण गर्न लागिएको उनले बताए । भवन निर्माण कार्य सुरु भइसकेको छ । इञ्जिनियर श्रेष्ठका अनुसार ठेकेदार कम्पनी दिपादिल कन्सट्रक्सनसँग २०७९ वैशाख १ गतेसम्म भवन सम्पन्न गर्ने सम्झौता भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले यथाशिघ्र सबै वडामा भवन निर्माण चाँडै सम्पन्न गर्न सुझाव दिए । सांस्कृतिक, धार्मिक र वौद्धिकताको हिसाबले धरान धेरै अगाडि रहेको उनले बताए । उनले भने, ‘पूर्वाधारको हिसाबले प्रदेशको राजधानी धरान बनाउन उत्कृष्ट थियो, तर त्यो भएन ।’ संघीयतालाई मजबुत बनाउनका लागि तीन तहको समन्वय नभई विकास निर्माणको काम सम्भव नहुने उनको भनाइ थियो ।

शिल्यानास कार्यक्रममा प्रदेससभा सदस्य चन्द्र प्रसाद श्रेष्ठ, १३ नं. वडाका अध्यक्ष नेत्र काफ्ले, नेपाली कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङ, नेपाल क्षयरोग संस्थाका केन्द्रीय सदस्य केशव श्रेष्ठ, नेपाली रेडक्रस सोसाईटीका सभापति उमेश थापा लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : १० बजे

प्रधानन्यायाधीशद्वारा सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

वाशिङ्टन – अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा

कमला नदीमा पुल निर्माण हुने

सिरहा – सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका

सबैको पहुँचमा खानेपानी पुर्‍याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको