नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने, मन्त्रालय र नाम टुंगो लाग्न बाँकी « Khabarhub

नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने, मन्त्रालय र नाम टुंगो लाग्न बाँकी


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

एकीककृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा.बेदुराम भुषाल र प्रमेश हमाल रहेको स्थायी कमिटीको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

बैठकले सरकारमा सहभागी हुने निर्णय गरेपनि मन्त्रालयको टुंगो नलागेको हुँदा नाम पनि पछि टुंगो लगाउने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

पाँच दलीय गठबन्धन भित्र काँग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)ले ६/६ मन्त्रालय लिने सहमति यस अघि नै भइसकेको छ ।

बुधबार मात्रै निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दर्ता गर्दै नयाँ दलको मान्यता दिएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : २६ बजे

सुरुआती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्यो इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ