आईपीएल : बैंगलोरले मुम्बइलाई हरायो « Khabarhub

आईपीएल : बैंगलोरले मुम्बइलाई हरायो


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ ।

दुबइमा आइतबार राति भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बइलाई ५४ रनले पराजित गरेको हो ।

बैंगलोरले दिएको १ सय ६६ रनको लक्ष्य पच्छ्याएको मुम्बइ १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।

मुम्बइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन र क्विन्टन डी ककले २४ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेख्य योगदान गर्न सकेनन्  ।

बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले १६ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएर ह्याट्रिक पूरा गरेका थिए । युजभेन्द्र चाहलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

बैंगलोरका ग्लेन म्याक्सवेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय  इनिङ्स खेले । श्रीकर भारतले ३२ रन जोड्दा एबी डी भिलियर्सले ११ रन बनाए ।

जितसँगै बैंगलोर १० खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ । मुम्बई ८ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : ५० बजे

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत