बुद्ध एयरको अर्को विमानमा पनि समस्या, पोखराका लागि उडेको विमान काठमाडौँ फर्कियो « Khabarhub

बुद्ध एयरको अर्को विमानमा पनि समस्या, पोखराका लागि उडेको विमान काठमाडौँ फर्कियो


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार बुद्ध एयरका दुईवटा विमानमा समस्या देखिएपछि गन्तव्यमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएका छन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको थियो । काठमाडौँबाट पोखराका लागि उडेको अर्को विमानमा पनि समस्या देखिएपछि काठमाडौँ फर्किएको थियो ।

दुबै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जे शेर्पाले जानकारी दिए । उनका अनुसार पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ कलसाइनको विमान काठमाडौँ फर्किएको हो । सो विमानको ककपिटमा धुवाँ देखिएको थियो ।

ककपिटमा धुँवा आएपछि चालकले विमानलाई काठमाडौँ डाइभर्ट गरेका थिए । काठमाडौंमा अवतरणपछि सो विमान पुनः यात्रु लिएर पोखरा उडेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

सोमबारै बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको विमानको ल्याण्डिङ गेयर नखुलेपछि विराटनगरमा अवतरण गर्न सकेको थिएन ।

आकाशमा १० फन्को मारेपछि सो विमान काठमाडौँ फर्केको थियो। काठमाडौँमा अवतरण गर्दा भने ल्याण्डिङ गेयर खुलेकाले विमान सहज अवतरण गरेको थियो । सो विमान अवतरण गरेको भिडियो बुद्ध एयरले सार्वजनिक गरेको छ ।

सो विमानका यात्रुहरु पुनः पनि विराटनगर उडेको विमानस्थलका प्रवक्ता शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १ : २२ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि