बुद्ध एयरले भन्यो : ल्याण्डिङ गियरको इन्डिकेटरले काम गरेन « Khabarhub

बुद्ध एयरले भन्यो : ल्याण्डिङ गियरको इन्डिकेटरले काम गरेन


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको विषयमा बुद्ध एयरले औपचारिक धारणा सार्वजनिक गरेको छ ।

सोमबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान त्यहाँ अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएको थियो । काठमाडौँमा नर्मल अवतरण गरेको सो विमानमा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै उसले ल्याण्डिङ गियर झरेको संकेत दिने दुईवटा इन्डिकेटर हुने र त्यसमध्ये एउटाले संकेत नदिएपछि विमान विराटनगरमा अवतरण नगरी काठमाडौँ फर्काइएको जनाएको छ । सुरक्षित हवाई निर्देशिका अनुसार नै विमान काठमाडौँ फर्काइएको र इन्धन सक्न आकाशमा फन्को मारेको बताएको छ ।

काठमाडौँमा अवतरण गर्दा ल्याडिङ गियर झरेको यकिन गरिएकोसमेत बताएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : १८ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।