बन्द हुँदै ‘सुपर डान्सर ४’ « Khabarhub

बन्द हुँदै ‘सुपर डान्सर ४’


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजनको हिट डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ यसै वर्षको मार्चबाट सुरु भएको थियो । यो शोसम्म दर्शकलाई तान्नका लागि निर्माताले निकै मेहनत गरेका थिए । उनीहरुले कैयौं हप्तासम्म कुनै पनि डान्सरलाई शोबाट बाहिर निकालेका थिएनन् ।

यद्यपि निर्माताले त्यति गर्दा सफलता पाउन सकेनन् । यहीकारण निर्माताले अब यो शोलाई सदाका लागि बन्द गर्ने योजना बनाएका छन् । शोले कम टिआरपी पाएपछि च्यानलका निर्माताले यो प्रसारण हुने समयमा अर्को नयाँ शो ल्याउने तयारी गरेका छन् । जसका लागि उनीहरुले प्रोमो सार्वजनिक गरिसकेका छन् ।

च्यानलका निर्माताले एक नयाँ डान्स रियालिटी शो ‘इण्डियाज बेस्ट डान्सर २’को प्रोमो सार्वजनिक गरेका छन् । यो शो आगामी अक्टोबरबाट सुरु हुँदैछ । यसको समय तालिका शनिबार र आइतबार राती ८ बजे राखिएको छ ।

जबकी यो समयमा ‘सुपर डान्सर ४’ प्रसारण हुन्थ्यो । यो शोकै समयमा अर्को शो प्रसारण हुने भएपछि शो बन्द हुने पुष्टि भएको हो । यद्यपि तत्कालका लागि निर्मातालाई ‘सुपर डान्सर ४’ बन्द गर्न कठिन छ किनभने यो शोमा अझै ७ डान्सर बाँकी छन् । ‘इण्डियाज बेस्ट डान्सर’ सुरु हुने एक महिना पनि बाँकी छैन ।

शोमा गत साता अभिनेत्री हेमा मालिनी अतिथी बनेर आएकी थिइन् । त्यही समयमा उनले सिजनको विनर ट्रफीको झलक देखाएकी थिइन् । निर्माताले शो बन्द हुने विषयमा केही बोलेका छैनन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : २८ बजे

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले