राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध काठमाडौँमा प्रदर्शन (फोटोफिचर) « Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध काठमाडौँमा प्रदर्शन (फोटोफिचर)


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय एकता अभियानले हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण आरोप लगाउँदै  काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

अभियानले सोमबार माइतीघर मण्डलामा चीनविरुद्ध प्रदर्शन गरेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको पुत्ला दहन गरिएको छ ।अभियानका केन्द्रीय संयोजक विनय यादवले चीनद्वारा विभिन्न बहानामा बारम्बार नेपाली भूमि अतिक्रमण भइरहेको आरोप लगाए ।

उनले भने,‘चीनको नेपालमाथि जहिले पनि गिद्देदृष्टि रहेको हुँदा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरिएको हो र अब उपरान्त चीनले नेपाली भूमि फिर्ता गरेन भने देशव्यापी चीनविरुद्धम आन्दोलन गर्न बाध्य हुनेछौँ।’

प्रदर्शनका क्रममा सहभागीहरुले ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘सीमा अतिक्रमण बन्द गर’, अघोषित नाकाबन्दी खुला गर’ भन्दै चीनविरुद्ध नारा लगाएका थिए। प्रदर्शन हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रका स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

प्रदर्शनको क्रममा हुम्लाका स्थानीयवासीहरुले चीनले नेपालको भूमी मिचेको दाबी गरे । हुम्ला सीमा नाकाका स्थानीय कोटन्व तामाङले चीनले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताए ।

उनले भने,‘ नेपाली भूमी चीनले मिचेकै हो, पुरानो पिलर नै गायब पारिएको छ।’

१२ नम्बर पिलर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखी परिवर्तन गरिएको उनले बताए ।

उनले भने,‘चिनियाँ प्रहरी आएर हामीलाई धम्क्याउने गर्छन्, हाम्रो कुरै नसुन्ने, एकलौटी रुपमा सिमानमा जे मन लायो त्यही गर्ने जस्ता क्रियाकलापले नेपाली भूमि मिचेको प्रमाणित हुन्छ।’

त्यस्तै अर्का स्थानीयले भने,‘ नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा ३/४ वर्ष अगाडि कुनै भवन थिएन, कुनै बार लगाइएको थिएन, अहिले बार लगाएको छ, नेपाली भूमिमा चिनियाँहरुले भवन बनाएका छन् ।’

त्यस्तै नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको दाबी गरे । भवनहरू नेपाली भूमिमा रहे पनि केपी ओलीको सरकारले चीनसँगको सीमा विवाद नरहेको बताएपछि स्थानीय आक्रोशित बनेका छन् ।

चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल रहेपनि सो क्षेत्रमा चिनियाँहरुले अतिक्रमण गरी भवन बनाएको नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङले दाबी गरे ।

वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताए।

कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाको प्रतिवेदनमा चार जिल्लाका ११ ठाउँमा चीनले नेपाली भूमि मिचेको उल्लेख छ। उक्त प्रतिवेदनमा नेपालको ६४ हेक्टर जग्गा चीनले मिचेको उल्लेख गरिएको छ ।

हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालीमा ४ हेक्टर जग्गा चीनले मिचेको पाइएको छ। त्यस्तै रसुवाको सान्जेन खोलामा २ हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, जम्बु खोलमा ३ हेक्टर नेपाली भूभाग चीनले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी सिन्धुपाल्चोकको खराने खोला ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, त्यसतै संखुवासभा सुमजुँग खोलामा ३ हेक्टर, कामखोलामा २ हेक्टर र अरुण खोलामा ४ हेक्टर जग्गा चीनसँग सीमा समस्या रहेको जनाइन्छ । प्रतिवेदन अनुसार नदी वहाव परिवर्तनका कारण नेपालको भूभाग चीन परेको जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : १३ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ