यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय  गरेको छ ।

सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने, तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न पनि स्विकृति दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको उनले जानकारी दिए ।

यसैगरी बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

बैठकले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातिसहितका पदाधिकारीहरुले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ४२ बजे

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर