संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मन्यतालाई समृद्ध बनाउनुपर्छ : मन्त्री भुसाल « Khabarhub

संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मन्यतालाई समृद्ध बनाउनुपर्छ : मन्त्री भुसाल


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दशौँ हजार शहीदको योगदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिकका मूल्य मान्यतालाई समृद्ध बनाउँदै लैजानुपर्ने बताएकी छिन् ।

ललितपुरको महालक्ष्मी नपा–६ सिद्धिपुरमा निर्माण गरिएको समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा स्थापित सालिक अनावरण गर्दै उनले जनताको अधिकारलाई संरक्षरण गरेर अगाडि बढ्ने दृढता व्यक्त गरिन् । मन्त्री भुसालले भनिन्, “संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थाको रक्षा गर्दै थप अधिकारका निम्ति निरन्तर ढङ्गले अगाडि बढ्न चाहन्छौँ ।”

जनप्रतिनिधि र क्रान्तिकारी पार्टीको जिम्मेवार व्यक्तिका रूपमा आफू र आफ्नो पदीय दायित्वबाट जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उनले अष्टमान र चन्द्रबहादुरले जनताको पक्षमा निर्वाह गरेको भूमिकालाई निरन्तर स्मरण गर्ने बताइन् ।

निरङ्कुश राजतन्त्रको समयमा पनि गरिब, उत्पीडित जनता र राष्ट्रको पक्षमा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा आबद्ध हुने अग्रगामी नेताका रूपमा स्थापित अष्टमान र चन्द्रबहादुर सिङ्गो कम्युनिष्ट आन्दोलनका साहसी योद्धा भएको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “अष्टमान र चन्द्रबहादुरसहित लाखौँ बेपत्ता र शहीदको योगदानले जनताको संविधान लेख्न सफल भएको हो । उहाँसहित दशौँ हजार शहीदलाई पार्टीले सम्झिरहन्छ ।”

पछिल्लो समयमा जनताका अधिकारलाई घुमाइफिइराइ प्रतिगमनतर्फ लैजाने हर हर्कत पराजित गर्ने विश्वास व्यक्त गर्दै जनताकै बीचमा रहने जनविरोधलाई चिन्न सक्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा ललितपुरबाट प्रदेश एवं स्थानीय निर्वाचित जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : १७ बजे

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ