राष्ट्रिय पुस्तकालयको भवन जमलमा बन्ने | Khabarhub Khabarhub

राष्ट्रिय पुस्तकालयको भवन जमलमा बन्ने


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय पुस्तकालयको भवन काठमाडौँको जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकालय भवन जमलमा बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले हरिहर भवनस्थित पुस्तकालयको भवनान क्षतिपुर्‍याएको थियो । भवन नभएपछि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै नयाँ भवन बनाउने निर्णय गरेको शिक्षा मन्त्रीका प्रेस सल्लाहकार विमल खड्काले बताए ।

शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जमलस्थित कित्ता नं. १२७० मा पुस्तकालय भवन बनाउने निर्णय गरी विस्तृत परियोजनाको काम अघि बढाउन स्वीकृति समेत दिएको उनले बताए ।

जमलमा रहेको ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुनेछ।

यसअघि केपी ओली नेतृत्वको सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको राष्ट्रिय पुस्तकालय भवन जमलमै निर्माण गर्ने निर्णय गरेको थियो।

तर २०७७ साउन ५ गते सोही नेतृत्वको सरकारले ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा पुस्तकालयको भवन निर्माण नगर्ने/नगराउने’ निर्णय गरेपछि काम रोकिएको थियो।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्ने योजना अन्तर्गत त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सार्ने र राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : १४ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको