एमाले अधिवेशन: सुर्खेतका ९९ वटा वडामध्ये ८० वडामा सर्वसम्वत नेतृत्व चयन « Khabarhub

एमाले अधिवेशन: सुर्खेतका ९९ वटा वडामध्ये ८० वडामा सर्वसम्वत नेतृत्व चयन


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा एमालेको सुर्खेतको ९९ वटा वडामा भएको अधिवेशनमा ८० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । मंगलबार भएको वडा अधिवेशनमा ८० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी १९ वटा वडामा विवाद छ ।

६ कात्तिकमा देशभरका वडा अधिवेशन सम्पन्न भए पनि सुर्खेतमा ९ कात्तिकमा वडा अधिवेशन भएको हो । निर्वाचन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।

वडा कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता रहेको भए पनि नेतृत्व तहमा न्यून महिलाको सहभागिता देखिएकाे छ । निर्वाचन सम्पन्न भएका ८० मध्ये ७८ वडाको नेतृत्व पुरुषले लिएका छन् । दुई वडाको नेतृत्व महिलाको हातमा पुगेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ र १० को नेतृत्व महिलाले लिएका हुन् ।

सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नम्बर ८ मा देवी पौडेल र वडा नम्बर १० लक्ष्मी शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : १९ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री