कांग्रेस अधिवेशन : ललितपुर सभापतिका लागि मतदान सुरु « Khabarhub

कांग्रेस अधिवेशन : ललितपुर सभापतिका लागि मतदान सुरु


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए ।

दिउँसो साढे २ बजेसम्म मतदानको समयसीमा तोकिएको छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । मतदान अधिकृत सुरेश घिमिरेका अनुसार उपसभापतिमा कर्म व्यञ्जनकार,खोमप्रसाद घिमिरे, गजेन्द्र महर्जन र सुदर्शन घिमिरेको उम्मेदवारी परेको छ ।

सचिवमा अमिर बज्राचार्य, कृष्णभक्त महर्जन, राजनप्रसाद घिमिरे, वशिष्टप्रसाद अधिकारी र विष्णुप्रसाद तिमल्सिना प्रतिस्पर्धामा छन् । सहसचिवमा अमृतबहादुर महर्जन,ऋषिदेव फूयाँल, गणेश केसी र नवीन्द्रदेव सिंहको उमम्देवारी छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ३९ बजे

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।