कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव « Khabarhub

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् ।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् ।

अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए  ।

‘कार्यपालिकाले हस्तक्षेप गर्‍यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन’, उनले भने, ‘कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन । सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।’

अध्यक्ष यादवले प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्छ भन्दै न्यायलयको आफ्नै पद्धति हुन्छ, न्यायलयमा अहिले देखिएको समस्या छिट्टै हल होस् र न्याय निरुपणको काम होस् भन्ने हाम्रो चाहना रहेको बताए ।

न्यायपालिका आफैँ एउटा संवैधानिक व्यवस्था भएको संस्था रहेको उल्लेख गर्दै उहाँले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट यो संस्था स्वतन्त्र र अलग रहनुपर्छ भने ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ३ : ४४ बजे

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले नै बोले झुट, कार्यसम्पादनमा फुयाँल अगाडि, शर्मा तेस्रो

काठमाडौं– बिहीबार संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका क्रममा गरेको सिफारिसपछि सरकारले

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्छौँ’

धरान (सुनसरी)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको