माओवादी महाधिवेशन : बन्दसत्र आज बिहान ११ बजे सुरु हुने « Khabarhub

माओवादी महाधिवेशन : बन्दसत्र आज बिहान ११ बजे सुरु हुने


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दशत्र आज (सोमबार) बिहान ११ बजे सुरु हुने भएको छ ।

आइतरबार उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दशत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ ।

उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहनुभएका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दशत्रको बारेमा जानकारी दिएका हुन् । बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्द शत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । कमलादीस्थित हलमा नै बन्दशत्र आयोजना गरिने भए पनि हलको क्षमता भन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दशत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ६ : ११ बजे

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका