आर्थिक उत्पादनमा भारतले एक वर्षभित्र फ्रान्स र दुई वर्षपछि बेलायतलाई उछिन्ने « Khabarhub

आर्थिक उत्पादनमा भारतले एक वर्षभित्र फ्रान्स र दुई वर्षपछि बेलायतलाई उछिन्ने


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  विश्वकै एक नम्बरको अर्थतन्त्र भएको देश बनेर अमेरिकालाई उछिन्न चीनलाई अझै केही समय लाग्ने एउटा पछिल्लो अध्ययनले देखाएको छ ।

बेलायतको कन्सलटेन्सी सिवरले गरेको अध्ययनमा सन् २०३० पछि मात्र चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्नेछ ।

आर्थिक उत्पादनका दृष्टिले भारतले आगामी वर्षमा फ्रान्सलाई र दुई वर्षपछि बेलायतलाई उछिनेर विश्वकै छैटौ ठूलो अर्थतन्त्र भएको देश बन्ने अध्ययनमा जनाइएको छ ।

‘सन् २०२० को दशकमा मुद्रास्फीतीसँग विश्वको अर्थतन्त्रले कसरी सामना गर्छ भन्ने महत्वपूर्ण विषय हो,’ सिवरका उपाध्यक्ष डोगलास म्याकविलियमले भने ।

प्रतिवेदनअनुसार आर्थिक उत्पादनका दृष्टिले जर्मनीले सन् २०३३ मा जापानलाई उछिन्नेछ । त्यसैगरी, सन् २०३६ सम्ममा रसिया विश्वकै १० ठूला शक्तिशाली अर्थतन्त्र भएका देशहरुको सूचीमा रहनेछ भने सन् २०३४ मा इन्डोनेसिया नवौं स्थानमा रहनेछ ।

गत वर्ष वल्र्ड इकोनोमिक लिग टेबुलले प्रकाशित गरेको एक अध्ययनमा सन् २०२८ मा चीन विश्वकै सर्वाधिक शक्तिशाली अर्थतन्त्र देश हुने जनाइएको थियो ।

आगामी वर्ष विश्वको आर्थिक उत्पादन १०० खर्ब डलर बराबर हुने अध्यनमा जनाइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ५९ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’