आर्थिक उत्पादनमा भारतले एक वर्षभित्र फ्रान्स र दुई वर्षपछि बेलायतलाई उछिन्ने « Khabarhub

आर्थिक उत्पादनमा भारतले एक वर्षभित्र फ्रान्स र दुई वर्षपछि बेलायतलाई उछिन्ने


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  विश्वकै एक नम्बरको अर्थतन्त्र भएको देश बनेर अमेरिकालाई उछिन्न चीनलाई अझै केही समय लाग्ने एउटा पछिल्लो अध्ययनले देखाएको छ ।

बेलायतको कन्सलटेन्सी सिवरले गरेको अध्ययनमा सन् २०३० पछि मात्र चीन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्नेछ ।

आर्थिक उत्पादनका दृष्टिले भारतले आगामी वर्षमा फ्रान्सलाई र दुई वर्षपछि बेलायतलाई उछिनेर विश्वकै छैटौ ठूलो अर्थतन्त्र भएको देश बन्ने अध्ययनमा जनाइएको छ ।

‘सन् २०२० को दशकमा मुद्रास्फीतीसँग विश्वको अर्थतन्त्रले कसरी सामना गर्छ भन्ने महत्वपूर्ण विषय हो,’ सिवरका उपाध्यक्ष डोगलास म्याकविलियमले भने ।

प्रतिवेदनअनुसार आर्थिक उत्पादनका दृष्टिले जर्मनीले सन् २०३३ मा जापानलाई उछिन्नेछ । त्यसैगरी, सन् २०३६ सम्ममा रसिया विश्वकै १० ठूला शक्तिशाली अर्थतन्त्र भएका देशहरुको सूचीमा रहनेछ भने सन् २०३४ मा इन्डोनेसिया नवौं स्थानमा रहनेछ ।

गत वर्ष वल्र्ड इकोनोमिक लिग टेबुलले प्रकाशित गरेको एक अध्ययनमा सन् २०२८ मा चीन विश्वकै सर्वाधिक शक्तिशाली अर्थतन्त्र देश हुने जनाइएको थियो ।

आगामी वर्ष विश्वको आर्थिक उत्पादन १०० खर्ब डलर बराबर हुने अध्यनमा जनाइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ५९ बजे

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६