मोहन वैद्यको क्रान्तिकारी र बाबुराम भट्टराईको वैज्ञानिक धारमाथि टेकेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी पार्टीलाई जनतामाझ लोकप्रिय बनाए । वैद्यको उग्र क्रान्तिकारी धारलाई समातेर वि.सं. २०५२ सालमा प्रचण्डले ‘जनयुद्ध’ को उद्घोष गरेका थिए । जसमा बाबुराम भट्टराईको समर्थन थियो ।
एकपटक ‘क्रान्ति’ गर्नैपर्छ भन्ने सोचबाट प्रेरित भएका प्रचण्ड, बाबुराम र वैद्यबीचको सहकार्य दुई दशकमा पाँच टुक्रामा विभाजित भयो । दुई दशकमा पाँच टुक्रा बनेको माओवादी तीन दशक नपुग्दै त्यसको दोब्बर अर्थात दश टुक्रा बनेको छ ।
जनयुद्धकै जगमा गणतन्त्र, संविधान र संघीयता ल्याएको हुंकार छाड्ने माओवादी पार्टीको नेतृत्व फेर्न आठौँ महाधिवेशनसम्मै दश टुक्रा बनेको हो । आठौँ महाधिवेशनसम्म गणतन्त्र ल्याएको एक नम्बर शक्ति माओवादी अहिले प्रचण्डको व्यक्तिगत कम्पनी जस्तो बनेको छ । अनि माओवादी नेताहरू अध्यक्ष प्रचण्डका सहयात्री नभई अनुयायीजस्ता देखिएका छन् ।
प्रचण्डका खास सहयात्री अहिले आ–आफ्नो पार्टी खोलेर बसेका छन् भने कतिपय अर्को पार्टीमा लागेका छन् । हिजो राजनैतिक, आर्थिक र सामाजिक रुपमा उग्र क्रान्तिकारी र परिवर्तनकारी पार्टी माओवादी केन्द्रको आठौँ महाधिवेशनको दृश्यमा एक क्लबको साधारणसभा वा कम्पनीको नवीकरणमा सीमित जस्तो बनेको छ । जुन अध्यक्ष प्रचण्ड र माओवादी कार्यकर्ताका लागि उत्साहित भन्दा बढी उपेक्षित छ ।
दश टुक्रामा विभाजित माओवादी
वि.सं. २०५२ सालमा जनयुद्ध थालेको माओवादीले सात दलसँग सहकार्य गरेर २०६२/६३ को दोस्रो जनआन्दोलनमा सहभागी बन्यो । जतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा कांग्रेस र एमालेले माओवादीकै समर्थनमा सडक संघर्ष थाले । जसले माओवादी जनयुद्धको १० वर्षपछि देशमा लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेल्यो ।
भारतको दिल्लीमा भएको १२ बुँदे सम्झौताले जनयुद्धमा ‘ब्रेक’ लगाउँदै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो । त्यही सम्झौताले नेपालको २ सय ४० वर्षे राजतन्त्रमाथि प्रश्न उठाउँदै लोकतन्त्र स्थापित गरायो ।
त्यसको दुई वर्षपछि वि.सं. २०६५ साल जेठ १५ गते राजतन्त्र खारेज गरेर नेपाल गणतन्त्र राज्य बन्यो । जुन माओवादीको एजेन्डा थियो । पहिलो संविधानसभा चुनावबाट गणतन्त्र घोषणा गर्न सफल भएको माओवादी आन्तरिक रुपमा भने टुक्रिन शुरु भयो । प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा उनका सहयात्री वैद्य र बाबुरामले निर्णायक अन्तरसंघर्ष थाले ।
गणतन्त्र ल्याएकै वर्षमा माओवादी देशको पहिलो शक्ति थियो । तर तोकिएको समयमा संविधान निर्माण गर्न असफल भयो । त्यही असफलताले माओवादी अधोगतिमा लाग्यो । वि.सं. २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि उग्र क्रान्तिकारी धार समातेका वैद्य माओवादीबाट विभाजित भए ।
संविधान जारी भएको केही दिनमै प्रचण्डका अर्का सहयात्री डा. बाबुराम भट्टराईले पनि माओवादी पार्टी परित्याग गरेको घोषणा गरे । उनले प्रचण्डको नेतृत्वमा रहेको माओवादी ‘दलाल’ पार्टी भएको भन्दै नयाँ शक्ति पार्टी खोल्ने घोषणा गरेका थिए ।
माओवादीको त्यो फुटले प्रचण्डको विशाल पार्टीमा पहिरो गयो । तत्कालीन उपाध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव, पम्फा भुसाल लगायतका नेताले माओवादी परित्याग गरेर नेकपा माओवादी गठन गरे ।
प्रचण्डको कार्यशैलीले जनयुद्धको उपलब्धिमाथि धोका भएको भन्दै वैद्य प्रचण्ड माओवादीबाट अलग्गिएका थिए । त्यो फुटले दोस्रो संविधानसभा चुनावमा प्रचण्डको माओवादी तेस्रो पार्टीमा झ¥यो । वैद्य माओवादीले भने दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेको थियो ।
चुनावबाट तेस्रो शक्ति बनेको माओवादीकै जोडबलमा वि.सं. २०७२ सालमा संघीयता लागू गर्दै नेपालको नयाँ संविधान जारी भयो । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेरै छाड्यो ।
संविधान जारी भएको केही दिनमै प्रचण्डका अर्का सहयात्री डा. बाबुराम भट्टराईले पनि माओवादी पार्टी परित्याग गरेको घोषणा गरे । उनले प्रचण्डको नेतृत्वमा रहेको माओवादी ‘दलाल’ पार्टी भएको भन्दै नयाँ शक्ति पार्टी खोल्ने घोषणा गरेका थिए ।
यतिबेलासम्म वैद्य माओवादीबाट उग्र क्रान्तिकारी धारको नेतृत्व गरेका विप्लवले पनि विद्रोह शुरु गरिसकेका थिए । विप्लवले नेकपा गठन गरेर फेरि जनयुद्ध थाल्ने चेतावनीसहित ‘भूमिगत’ संघर्ष थालेका थिए । अनि वैद्यबाट छुट्टिएर बादलको नेतृत्वमा रहेको माओवादीको अर्को झुण्ड प्रचण्डको नेतृत्वमा रहेको मूल पार्टी माओवादी केन्द्रमा फर्कियो ।
वि.सं. २०७४ सालको चुनाव अगाडिसम्म प्रचण्ड, बाबुराम, वैद्य र विप्लव गरेर माओवादी औपचारिक रुपमै चार टुक्रा बन्यो । बादल मूल पार्टीमा फर्किए पनि गुटको नेतृत्व गरेकाले माओवादीको पाँचौ टुक्रा बनेका थिए ।
चुनावपछि एमालेसँग एकता गरेर माओवादी नेपाल कम्युनिस्ट पार्टी बन्यो । अध्यक्षमा केपी शर्मा ओलीसँग प्रचण्ड पनि रहे । तर त्यो एकताले माओवादीका लागि चुनाव जित्ने ‘अस्त्र’ बने पनि क्रान्तिकारी शक्तिमा क्षयीकरणको उत्प्रेरक बन्यो ।
चुनावबाट तेस्रो शक्ति बनेको माओवादीकै जोडबलमा वि.सं. २०७२ सालमा संघीयता लागू गर्दै नेपालको नयाँ संविधान जारी भयो । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेरै छाड्यो ।
एमालेसँग एकतामा रहँदा माओवादी पार्टीमा प्रचण्ड र बादल गुट छुट्टियो । सर्वोच्चको आदेशले एकतालाई अवैध ठहर गर्दै पुरानै अवस्थामा फर्काईदिएपछि प्रचण्डकै नेतृत्वमा माओवादी पार्टी ब्युँतियो । तर बादल एमालेमै बसे । बादलसँगै मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरू पनि एमालेकै नेता भएर बसिरहेका छन् । जुन माओवादीको एउटा क्रान्तिकारी खेमा एमालेमै समाहित भयो ।
नेकपा फुटेर माओवादी ब्युतिँएपछि प्रचण्डको नेतृत्वमा मूल पार्टी जीवित बन्यो । तर, प्रचण्डसँगै एमालेसँगको एकतामा नगएका गोपाल किराँतीले नेकपा माओवादी केन्द्र गठन गरे । उनी अहिले प्रचण्डको पार्टीमा गएका छैनन् । छुट्टै माओवादी टुक्रा बनेर बसिरहेका छन् ।
त्यसरी माओवादीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेर बस्ने विश्वभक्त दुलाल पनि एक हुन् । आहुतिका नामले परिचित उनले वैज्ञानिक समाजवादी पार्टी दर्ता गरेका छन् ।
हिजो प्रचण्डको नेतृत्वमा रहेको माओवादी आठौँ महाधिवेशनसम्म आइपुग्दा टुक्रा–टुक्रा माओवादीमा परिणत भएको छ । उसको जनयुद्ध नाममा सशस्त्र द्वन्द्वबाट स्थापित भएका नेताहरू अहिले प्रचण्ड माओवादी, वैद्य माओवादी, विप्लव माओवादी र गोपाल किराँती माओवादीका रुपमा खण्ड–खण्ड भएका छन् ।
यस्तै डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको नेतृत्वमा छन् । आहुतिले नयाँ पार्टी खोलेर बस्दा बादल एमालेमा पूर्वमाओवादी गुटको नेतृत्व गरेर बसेका छन् । राजनीतिमा मात्रै सक्रिय रहेको माओवादीको सात टुक्रा स्पष्ट रुपमा अस्तित्वमा छ ।
माओवादीको ‘जालझेलपूर्ण’ राजनीतिबाट विरक्तिएको व्यवसायिक धार पनि छ । जो माओवादी नेताकै रुपमा परिचित छन् । उनीहरू राजनीतिमा सक्रिय छैनन् । त्यो टुक्रा हो, अहिले व्यवसायी बनिरहेका लोकेन्द्र बिष्ट मगर । कुनैबेला उनी माओवादीका उम्दा नेता थिए ।
उनी माओवादीकै प्रचण्ड गुटका नेताबाट खेदिए । जसकारण उनले राजनीतिबाटै बिदा लिएर कृषि कर्ममा रमाउने निर्णय लिए । अहिले कृषि व्यवसायीकै रुपमा परिचित पूर्वमाओवादी नेता बिष्ट सारमा भन्छन्, ‘माओवादीमा नयाँ केही पनि छैन । फरक केही पनि छैन । मात्रै प्रचण्ड माओवादी छ ।’
केही दिनअघिसम्म राष्ट्रिय सम्मेलन भन्दै कार्यकर्तालाई काठमाडौँ बोलाइए पनि माओवादीले अन्तिम समयमा आठौँ महाधिवेशन गर्ने निर्णय गर्यो । यसरी हेर्दा नेकपा माओवादी केन्द्र राजनीतिक पार्टीभन्दा बढी प्रचण्डको निजी कम्पनीजस्तो बनेको छ ।
यस्तै माओवादीमा विज्ञका हिसाबले श्यामकुमार श्रेष्ठ कुनै बेलाका धुरन्धर क्रान्तिकारी थिए । उनी विज्ञकै हिसाबले पहिलो संविधानसभामा समानुपातिक सभासद् बने । तर अहिले उनी माओवादी ‘पार्टीभन्दा बढी प्रवृत्ति’ भइरहेको बताउँछन् ।
यस्तै माओवादी पार्टीभित्र जातीय संगठनको पनि अवस्था विजोगपूर्ण छ । खासगरी दलित नेताहरूको अवस्था माओवादीभित्र अस्तित्वविहीन हुँदै गएको छ । जसको नेतृत्व तिलक परियारले गरिरहेका छन् ।
हाल कर्णाली प्रदेशको प्रदेश प्रमुख रहेका उनी माओवादी पार्टीमा त छन्, तर भित्रभित्रै चरम असन्तुष्ट र प्रचण्डसँग राजनीतिक संघर्ष गरिरहेका छन् । यद्यपि बाहिर बोल्न सकिरहेका छैनन । र, बेला बेला राजनीतिक नियुक्ति खाएर आक्रोश सेलाउने गरेका छन् ।
यस्तै माओवादीबाट टुक्रिएको अर्को टुक्रा हो, पूर्व माओवादी लडाकु समूह । जो पछिल्लो समय अवसरको खोजीमा छन् । यो समूह बेला बेला एमालेसँग नजिकिने गरेको छ । माओवादीको एउटा समूह एमालेमै रहेका कारण अवसरका लागि उनीहरू ‘यताउता’ गरिरहेका छन् ।
प्रचण्डको कम्पनी बन्यो माओवादी
यसरी हिजोको विशाल पार्टी भनिने, जनयुद्धको रापतापबाट निस्केको पार्टी आठौँ महाधिवेशनसम्म आइपुग्दा १० टुक्रा बनेको छ । अनि त्यो १० टुक्रा भइसकेको मूल पार्टीको नेतृत्व प्रचण्डले नै गरिरहेका छन् ।
केही दिनअघिसम्म राष्ट्रिय सम्मेलन भन्दै कार्यकर्तालाई काठमाडौँ बोलाइए पनि माओवादीले अन्तिम समयमा आठौँ महाधिवेशन गर्ने निर्णय गर्यो । यसरी हेर्दा नेकपा माओवादी केन्द्र राजनीतिक पार्टीभन्दा बढी प्रचण्डको निजी कम्पनीजस्तो बनेको छ ।
जहाँ अरु नेता र कार्यकर्ता आवश्यकताले होइन प्रचण्डको मनोमानीले पार्टी चल्दा चुपचाप छन् । एउटा व्यक्तिको मनोमानीले कम्तीमा युग बदल्ने पार्टी चल्न सक्दैन, यदि चलाइहाले पनि त्यो पार्टीभन्दा बढी निजी कम्पनीजस्तै हुन्छ ।
प्रचण्डको मनोमानीविरुद्ध विद्रोह गरेका नेताहरूले पार्टी छाडेपछि हिजोको नेकपा माओवादी आजको ‘प्रचण्ड कम्पनी’ हो । जसको आठौँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ ।
प्रतिक्रिया