तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने « Khabarhub

तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएको छ । नयाँ बगैँचा विस्तार र सेपिलो ओसिलो क्षेत्रमा रहेका बगानमा धेरै सुन्तला फलेका कारण उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक छ ।

तेह्रथुममा वार्षिक तीन हजार आठ सयभन्दा बढी मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । आर्थिक बर्ष २०७७÷०७८ मा तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गतवर्षको तुलना यसबर्ष १३ मेट्रिक टन उत्पादन बढ्ने ज्ञान केन्द्रको अनुमान छ ।

जिल्लाको ६ वटै स्थानीय तहमा सुन्तला उत्पादन हुँदै आएको छ । जसमध्ये आठराई गाउँपालिकामा सबैभन्दा बढी उत्पादन हुँदै आएको छ । केन्द्रका प्रविधिक सहायता विशाल राईका छथर गाउँपालिकामा भने उत्पादन कमी हुने अनुमान छ । पुराना बगानहरू व्यवस्थापनमा कमी, रोग किराका संक्रमणका साथै खासगरी सिंचाई अभाव भएका सुख्खाग्रस्त क्षेत्रमा उत्पादन कमी हुने भएको हो ।

जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेती भन्दा पनि नगदेबालीतर्फ किसानहरू आकर्षिण हुँदै आएका छन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएका कारण पनि किसानहरू नगदेबालीतर्फ आकर्षित भएका हुन् । किसानहरूलाई सुन्तला खेतीमा व्यावसायिकता बनाउन ज्ञान केन्द्रले सुन्तला खेती बगैँचा सुधार कार्यक्रमका साथै विभिन्न तालिम गोष्ठी सञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै सुन्तला किसानलाई सहज भएको छ ।

तेह्रथुममा उत्पादन भएको सुन्तला तराईका विभिन्न जिल्लामा निर्यात हुँदै आएको छ । सामान्यतया ७० रुपैयाँदेखि एक सय रुपैयाँमा सुन्तला प्रतिकिलो बिक्री हुँदै आएको छ । सुन्तला खेतीले यहाँका किसानको जीवनस्तरसमेत उकासेको छ । दुई चार हजार रुपैयाँका लागि साहुकोमा पुग्दै आएका किसानको समस्या यही खेतीले टरेको छ ।

यहाँका किसानले एक रोपनीदेखि २० रोपनी क्षेत्रफलमा सुन्तला उत्पादन गर्दै आएका छन् । ज्ञान केन्द्रको तथ्यांङअनुसार तेह्रथुममा मात्रै ६ सय १६ हेक्टर उत्पादनशील क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : ०० बजे

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा