निर्वाचन तयारीबारे गृह मन्त्रालयमा छलफल « Khabarhub

निर्वाचन तयारीबारे गृह मन्त्रालयमा छलफल


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार मन्त्रीहरु, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे छलफल भएको छ ।

बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका विषय तथा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन र व्यवस्थापन सम्बन्धी विविध विषयमा छलफल भएको हो ।

बैठकमा विभिन्न प्रस्ताव आएका र प्राप्त सुझावका आधारमा योजना बनाउने, स्रोत साधनको आकलन गर्ने, व्यवस्थापन गर्नेलगायत विषयमा पुनः छलफल गरेर अघि बढ्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए।

बैठकमा अर्थ, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलगायत सबै सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो ।

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : २० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको