पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गए : लिङ्देन « Khabarhub

पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गए : लिङ्देन


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गइसकेको बताएका छन् । सोमबार पूर्वी नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै तीन ठूला दलले पूर्वराजालाई गाली गरेर राजनीति गरेको टिप्पणी गरे।

उनलेकांग्रेस, एमाले र माओवादीले पूर्वराजालाई गाली गरेर संगठन बलियो हुन्छ भन्ने भ्रम पालेको उल्लेख गरे। उनले ठूला दलले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै उनीहरुकै कारण जनतामा राजनीतिप्रति निराशा पैदा भएको जिकिर गरे।

गणतन्ध र धर्मनिरपेक्षाताका नाममा राजा फालेर हिन्दु धर्म हटाएर देशलाई सिक्कीमीकरण गरेको आरोप लगाए। उनले पार्टीका पूर्व अध्यक्ष कमल थापाप्रति संकेत गर्दै पूर्वराजाको विरोध गरेर चर्चामा आउनेहरुबाट पार्टीलाई जोगाउनुपर्नेसमेत बताए।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : ०० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको