ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइँदै « Khabarhub

ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइँदै


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा सञ्चालित ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । ट्युसन पढ्न आएका बालबालिकालाई सेन्टरमै पुगेर खोप लगाइने भएको हो ।

विश्व व्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई खोप लगाइने चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टर छन् । त्यहाँ अध्ययनरत १२ वर्षदेखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात् १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए ।

उनका अनुसार सोमबार ट्युसन सेन्टरमा अध्ययनरत बालबालिका सहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाइसकिने छ ।

मंगलबार बिहान १० बजेदेखि सबै ट्युसन सेन्टरमा गएर खोप लगाइने स्वास्थ्य संयोजक महतको भनाई छ । विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १८ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन सबै ट्युसन सेन्टरका सञ्चालकलाई अनुरोध गरिएको छ ।

सरकारले जुम्लाको लागी करिब १३ हजार मोर्डना खोप पठाएको छ । जसमा यहाँका आठ स्थानीय तहमा १२ हजार २ सय ५० डोज खोप वितरण गरिएको छ । हालसम्म ५ हजार ८ सय ६९ जना बालबालिकाले खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी तथा खोप कार्यक्रमका संयोजक विजयाकुमारी प्रसाईंले जिल्लामा आएको सबै खोप खपतका लागि सबै संयन्त्र जुट्नु पर्ने बताइन् । उनले खोप निर्धारित समय भित्र लगाइ सक्नु पर्ने र पछि मिति गुज्रिने भएकोले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन योजनागत ढंगबाट अघि बढ्नुपर्ने बताइन् ।

जुम्लामा मोर्डना खोप लगाउने राष्ट्रिय लक्ष्य १३ हजार बालबालिकाको भए पनि १ सय ७० वटा सरकारी विद्यालय र निजी विद्यालयका करिब २० हजार विद्यार्थीको तथ्यांक संकलन भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : २६ बजे

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस