ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइँदै « Khabarhub

ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइँदै


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा सञ्चालित ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । ट्युसन पढ्न आएका बालबालिकालाई सेन्टरमै पुगेर खोप लगाइने भएको हो ।

विश्व व्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई खोप लगाइने चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टर छन् । त्यहाँ अध्ययनरत १२ वर्षदेखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात् १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए ।

उनका अनुसार सोमबार ट्युसन सेन्टरमा अध्ययनरत बालबालिका सहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाइसकिने छ ।

मंगलबार बिहान १० बजेदेखि सबै ट्युसन सेन्टरमा गएर खोप लगाइने स्वास्थ्य संयोजक महतको भनाई छ । विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १८ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन सबै ट्युसन सेन्टरका सञ्चालकलाई अनुरोध गरिएको छ ।

सरकारले जुम्लाको लागी करिब १३ हजार मोर्डना खोप पठाएको छ । जसमा यहाँका आठ स्थानीय तहमा १२ हजार २ सय ५० डोज खोप वितरण गरिएको छ । हालसम्म ५ हजार ८ सय ६९ जना बालबालिकाले खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी तथा खोप कार्यक्रमका संयोजक विजयाकुमारी प्रसाईंले जिल्लामा आएको सबै खोप खपतका लागि सबै संयन्त्र जुट्नु पर्ने बताइन् । उनले खोप निर्धारित समय भित्र लगाइ सक्नु पर्ने र पछि मिति गुज्रिने भएकोले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन योजनागत ढंगबाट अघि बढ्नुपर्ने बताइन् ।

जुम्लामा मोर्डना खोप लगाउने राष्ट्रिय लक्ष्य १३ हजार बालबालिकाको भए पनि १ सय ७० वटा सरकारी विद्यालय र निजी विद्यालयका करिब २० हजार विद्यार्थीको तथ्यांक संकलन भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : २६ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको