कैदी फरार प्रकरण : जेलरसहित सात जना पक्राउ « Khabarhub

कैदी फरार प्रकरण : जेलरसहित सात जना पक्राउ


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कारागारका नाइके यामराज परियार फरार प्रकरणमा दाङको घोराही कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् । सोमबारसम्ममा दाङ प्रहरीले कैदी भगाउने कार्यमा संलग्न भएको आरोपमा कारागार प्रमुखसहित सात जना पक्राउ परेको जनाएको छ ।

सोमबार घोराही कारागारका प्रमुख युवराज परियार, कारागारका असई रुद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । त्यसअघि प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका वडा नं १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं ३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनाल पक्राउ परेका थिए ।

खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको व्यक्ति भएको र उनले नै होटलमा युवती लगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको प्रहरी दाबी छ ।

घटना अनुसन्धान अधिकृत अमर बहादुर वलीले दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पुर्जी जारी हुनासाथ उनीहरूलाई पक्राउ गरिएको बताए । तर घोराही कारागारका जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परिसकेको भए पनि अदालतबाट कानूनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको प्रहरी स्रोतको भनाइ छ ।

घोराही कारागारका जेलर पक्राउ परेलगत्तै उनको जिम्मेवारी खोसेर तुलसीपुर कारागारका जेलर वलीलाई तत्कालका लागि जिम्मेवारी तोकिएको थियो । कारागार शाखाको अनुसन्धान पनि जेलरकै नेतृत्वमा हुने हुँदा अनुसन्धान सकेरमात्रै उनीहरू पक्राउ परेकोबारे जानकारी दिइएको छ ।

कारागारका नाइके बिहीबार भागेपछि आइतबार घोराहीका जेलर युवराज जिल्ला प्रशासन कार्यालय तानिएको सार्वजनिक गरिएको थियो ।

जेलर परियार आफू बिदामा रहेकैबेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएको अनुसन्धानबाट खुलेको थियो । नाइके यामराज भागेकै दिन दिउँसो जेलर युवराज र यामराजको बीचमा समेत फोन संवाद भएको कलडिटेलका आधारमा पत्ता लागेको स्रोतको भनाइ छ ।

यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए । बालकृष्ण खाण गृह मन्त्री भएपछि नेपाली कांग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए । त्यसपछि यामराज नाइके बनेका थिए । यामराजलाई चौकीदार बनाउनेदेखि नाइके बनाउनेसम्मका गतिविधिमा कारागारका जेलर युवराजले प्रक्रियासमेत मिचेको देखिएको अनुसन्धानमा खुलेको जनाइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ९ : ४३ बजे

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित

सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या