नबिल बैंकको मोबाइल एपबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने « Khabarhub

नबिल बैंकको मोबाइल एपबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ ।

बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ ।

यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्तीसँग सहकार्य गरिएको जानकारी दिए ।

बैंकसँग भएको सम्झौता डिजिटल नेपालका लागि अर्को कोशेढुंगा हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । खल्तीमा हाल २० लाखभन्दा बढी ग्राहक छन् ।

उक्त वालेटमार्फत बिल भुक्तानी, मोबाइल तथा टिभी रिचार्ज, बिमा प्रिमियम भुक्तानी, अनलाइन सपिङलगायतका सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसमार्फत कारोबार गर्दा क्यासव्याक तथा छुट जस्ता आकर्षक सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।

नबिल बैंकले आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८७ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु रहेका छन्।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : २१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल