ललितपुरको दक्षिण क्षेत्रमा किष्ट अस्पतालले कोरोनाविरूद्धको खोप लगाउँदै « Khabarhub

ललितपुरको दक्षिण क्षेत्रमा किष्ट अस्पतालले कोरोनाविरूद्धको खोप लगाउँदै


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको अगुवाइमा ललितपुरको दक्षिणी भेगमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोनाविरूद्धको खोप वितरण गरिएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले दिएको जिम्मेवारी अनुसार ३६ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीसहित अग्रपंतिमा खटिएका करिब ३ हजारको संख्यामा सुरक्षाकर्मी तथा सरसफाइका कर्मचारीलाई खोप लगाइने अस्पतालले जनाएको छ ।

खोप लगाउने कार्यको प्राविधिक तथा प्रशासनिक सम्पूर्ण काम किष्ट अस्पतालले नै गर्ने अस्पतालले जनाएको छ ।

No description available.

खोप वितरणको काम पनि अस्पतालका मेडिसिन विभागका विभागीय प्रमुख एवं श्वासप्रश्वास रोग बिशेषज्ञ प्रा.डा. मिलेसजङ सिजापतिलाई खोप प्रदान गरी शुभारम्भ गरिएको छ ।

राष्ट्रिय अभियानको यस महत्वपूर्ण जिम्मेवारीलाई सगर्व निर्वाह गर्न शिक्षण अस्पताल प्रतिबद्ध रहेको सिजापतिले बताए ।

सेवाग्राहीका सुविधाका लागि वेटिङ कक्ष, रजिष्ट्रेशन डेक्सका साथै ६ वटा खोप डेक्सहरु र त्यहाँ खटिने प्राविधिक एवं स्वयंसेवक कर्मचारीहरुलाई आवश्यक तालिम दिई खटाईएकोछ ।

No description available.

खोप लिने व्यक्ति (सेवाग्राही) लाई खोप कार्डमा उपलव्ध विवरणहरु जानकारी गराई दस्तखत वा ल्याप्चे लगाई मञ्जुरी लिई मात्र खोप प्रदान गरिएको छ । दोस्रो मात्रा (डोज) खोप लिनका लागि खोप केन्द्रबाट उपलब्ध गराईएको कार्ड सुरक्षित राख्नुपर्नेकिष्ट शिक्षण अस्पतालका प्रमुख परिचालक अमिश पाठकले बताए ।

No description available.

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : ५२ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै