ललितपुरको दक्षिण क्षेत्रमा किष्ट अस्पतालले कोरोनाविरूद्धको खोप लगाउँदै « Khabarhub

ललितपुरको दक्षिण क्षेत्रमा किष्ट अस्पतालले कोरोनाविरूद्धको खोप लगाउँदै


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको अगुवाइमा ललितपुरको दक्षिणी भेगमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोनाविरूद्धको खोप वितरण गरिएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले दिएको जिम्मेवारी अनुसार ३६ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीसहित अग्रपंतिमा खटिएका करिब ३ हजारको संख्यामा सुरक्षाकर्मी तथा सरसफाइका कर्मचारीलाई खोप लगाइने अस्पतालले जनाएको छ ।

खोप लगाउने कार्यको प्राविधिक तथा प्रशासनिक सम्पूर्ण काम किष्ट अस्पतालले नै गर्ने अस्पतालले जनाएको छ ।

No description available.

खोप वितरणको काम पनि अस्पतालका मेडिसिन विभागका विभागीय प्रमुख एवं श्वासप्रश्वास रोग बिशेषज्ञ प्रा.डा. मिलेसजङ सिजापतिलाई खोप प्रदान गरी शुभारम्भ गरिएको छ ।

राष्ट्रिय अभियानको यस महत्वपूर्ण जिम्मेवारीलाई सगर्व निर्वाह गर्न शिक्षण अस्पताल प्रतिबद्ध रहेको सिजापतिले बताए ।

सेवाग्राहीका सुविधाका लागि वेटिङ कक्ष, रजिष्ट्रेशन डेक्सका साथै ६ वटा खोप डेक्सहरु र त्यहाँ खटिने प्राविधिक एवं स्वयंसेवक कर्मचारीहरुलाई आवश्यक तालिम दिई खटाईएकोछ ।

No description available.

खोप लिने व्यक्ति (सेवाग्राही) लाई खोप कार्डमा उपलव्ध विवरणहरु जानकारी गराई दस्तखत वा ल्याप्चे लगाई मञ्जुरी लिई मात्र खोप प्रदान गरिएको छ । दोस्रो मात्रा (डोज) खोप लिनका लागि खोप केन्द्रबाट उपलब्ध गराईएको कार्ड सुरक्षित राख्नुपर्नेकिष्ट शिक्षण अस्पतालका प्रमुख परिचालक अमिश पाठकले बताए ।

No description available.

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : ५२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको