आयात घट्दा भन्सार राजश्व प्रभावित « Khabarhub

आयात घट्दा भन्सार राजश्व प्रभावित


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव ९२ प्रतिशत आयात कम भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा पहिलो ६ महिनामा रु दुई खर्ब ३८ अर्ब ८५ करोड ९८ लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु दुई खर्ब १० अर्ब ३८ करोड ९ लाख ४७ हजारको मूल्य बराबरका सामान मात्र आयात भएको छ ।

यसैगरी चालू आर्थिक वर्षको पुस महिनासम्ममा निर्याततर्फ ६ दशमलव १ प्रतिशतले राजश्व वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु १८ अर्ब ४१ करोड ५१ लाख ९१ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु १९ अर्ब ९३ करोड ९० लाख ९७ हजार मूल्य बराबरको मालवस्तु भारत तर्फ निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा रु २० अर्ब २५ करोड ७८ लाख ५६ हजार राजश्व उठाउने लक्ष्य राखिएकोमा ७५ दशमलव ९९ प्रतिशत अर्थात रु १५ अर्ब ३९ करोड ४४ लाख ९४ हजार राजश्व उठेको छ ।

समग्रमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रु ८५ अर्ब ५१ करोड ३४ लाख १९ हजार राजश्व उठाउनुपर्नेमा ८६ दशमलव ०२ प्रतिशत अर्थात रु ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार मात्र राजश्व उठाउन सकेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको तुलनामा १३ दशमलव ९८ प्रतिशत कम राजश्व उठेको हो ।

यो नाका भएर मुख्य रुपमा इन्धन, सवारीसाधन, औद्योगिक कच्चापदार्थ भित्रिएको छ । कच्चा पदार्थमा भटमासको कच्चा तेल, कोइला, सुर्ती, एचआरसिट, बिलेटलगायतका वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए ।

गतवर्ष यो नाकाबाट आउने पाम आयल निकासीमा भारत सरकारले रोक लगाएपछि राजश्व वृद्धिमा कमी आएको देखिन्छ । पाम आयलमा प्रतिबन्ध लगाएपछि व्यापारीले भटमासको प्रशोधित तेल निकासीमा जोड दिएका छन् । यो नाकाबाट जुस, कपडा, दन्तमञ्जन, सेन्थेटिक यार्न, जुत्ता, गलँैचालगायतका वस्तु निकासी भएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ५ : ४९ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको