नेपालमा २८ हजार ७ सय बढीले लगाए कोरोना विरुद्धको खोप « Khabarhub

नेपालमा २८ हजार ७ सय बढीले लगाए कोरोना विरुद्धको खोप


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २८ हजार ७ सय बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’  २८ हजार ७३२ जनाले लगाएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको बुधबारप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

सरकारले चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ । यही माघ ८ गते भारत सरकारले १० लाख मात्रा खोप नेपाललाई अनुदानमा दिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ७ : ३० बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै