पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह « Khabarhub

पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को (एएफपी)- सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो ।

बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् । जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ । यसलाई पुटिनले सकारात्मक विकासको रूपमा स्वागत गरेका छन् ।

गोर्बाचेभले इन्टरफ्याक्स समाचार संस्थासँगको कुराकानीमा भने, ‘एक महिना पहिले बाइडेनले अमेरिकी सत्ताको नेतृत्व गरेपछि फोनवार्ता गरेका दुई नेताले निकट भविष्यमा भेट गरी आणविक हतियारको नियन्त्रण विषयमा कुटनीतिक पहललाई जारी राख्नुपर्छ ।’

‘मुख्य कुरा आणविक युद्धबाट जोगिनु हो । यस्तो समस्याबाट जोगिनु पर्ने भएकोले यसलाई एक्लै समाधान गर्न असम्भव छ, भेट्नु जरुरी छ,’ गोर्भाचोभले भने, ‘निशस्त्रीकरण प्राप्त गर्ने र सुरक्षालाई सुदृढ पार्ने दृढ इच्छा भएमा धेरै समाधान भेट्न सकिन्छ ।’

८९–वर्षीय गोर्भाचोबले दुबै पक्षलाई सम्बन्ध सुधार गर्न आग्रह गर्दै रूस र अमेरिकाबीचको अहिलेको अवस्था ‘ठूलो चिन्ताको विषय भएको बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ५५ बजे

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन

एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवादित व्यवसायी दीपक भट्टसँग

नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा