वैदेशिक रोजगारीमा जानेलाई लक्षित गर्दै एनसेलले ल्यायो ‘सहयात्री सिम’ « Khabarhub

वैदेशिक रोजगारीमा जानेलाई लक्षित गर्दै एनसेलले ल्यायो ‘सहयात्री सिम’


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ल्याएको छ ।

स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको केही मुख्य विशेषताहरु हुन् ।

यो सिम योजना शुक्रबार (फाल्गुन १४) बाट संचालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्याउनु रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहजबनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका छन् ।

उदाहरणका लागि नेपालमा नै रहेको समयमा यहाँ रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्दत गर्दछ । त्यसैगरी यसमा लोकल दरमा नेपालबाट भारत माकल गर्न सकिने अफर पनि रहेको छ ।

यो सिम ग्राहकले कर सहितमात्र रु ९९ मालिन सक्छन् र सिमसँगै रु २० मेनब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफु रहेको देश भित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् ।

यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामाप्रयोग गर्न सक्छन् ।

यो सिम अर्थात योजना अन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कमरहेको अवस्थामा पनि मिस्ड कलदिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक रु १.९९ प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहि रहनका लागि यो सिम एक उत्तम सेवा हो ।

यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जब सपप्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् । सह यात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रतिफोटो आवश्यक पर्दछ । यो सिम आफुलाई पायक पर्ने एनसेल सेन्टर वा एनसेलको आधिकारिक बिक्रेताबाट लिन सक्छन् । र एनसेल जबसप निःशुल्क चलाउन सकिने पनि रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ४४ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई