कार्टुन बहसमा प्रेस स्वतन्त्रताका कुरा « Khabarhub

कार्टुन बहसमा प्रेस स्वतन्त्रताका कुरा


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्टुनिस्ट क्लव अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहसमा सहभागीले राजनीतिक दलले सत्ता प्राप्त गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् । उनीहरुले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउँदा सिर्जनशीलतामा असर पर्ने जिकिर गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सेवकको जस्तो देखाउने शैली पत्रकारिता र कार्टुनमा झल्किनु नहुने बताए । गाउँलेले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानुनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिए ।

महासंघका महासचिव रमेश विष्टले सरकारले सञ्चार माध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने र आलोचना सुन्नै नसक्ने प्रवृत्ति देखाउने गरेको बताए ।

कार्टुनिष्ट क्लवका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसंगतिविरुद्ध यो सशक्त माध्यम भएको बताए ।

नेपाल ललितकला पत्रकार समाज (सोेफाज) का अध्यक्ष केशव राज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनको माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह गर्ने कार्टुनिस्ट नै पहिलो निशानामा पर्ने बताए ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्रै छापिने कार्टुनलाई अहिले एफएम रेडियो तथा टेलिभिजनले समेत पढ्ने गरेको प्रसंग सम्झँदै कार्टुनको महत्व व्यापक बन्दै गएको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १ : २० बजे

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ