कार्टुन बहसमा प्रेस स्वतन्त्रताका कुरा « Khabarhub

कार्टुन बहसमा प्रेस स्वतन्त्रताका कुरा


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्टुनिस्ट क्लव अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहसमा सहभागीले राजनीतिक दलले सत्ता प्राप्त गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् । उनीहरुले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउँदा सिर्जनशीलतामा असर पर्ने जिकिर गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सेवकको जस्तो देखाउने शैली पत्रकारिता र कार्टुनमा झल्किनु नहुने बताए । गाउँलेले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानुनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिए ।

महासंघका महासचिव रमेश विष्टले सरकारले सञ्चार माध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने र आलोचना सुन्नै नसक्ने प्रवृत्ति देखाउने गरेको बताए ।

कार्टुनिष्ट क्लवका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसंगतिविरुद्ध यो सशक्त माध्यम भएको बताए ।

नेपाल ललितकला पत्रकार समाज (सोेफाज) का अध्यक्ष केशव राज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनको माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह गर्ने कार्टुनिस्ट नै पहिलो निशानामा पर्ने बताए ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्रै छापिने कार्टुनलाई अहिले एफएम रेडियो तथा टेलिभिजनले समेत पढ्ने गरेको प्रसंग सम्झँदै कार्टुनको महत्व व्यापक बन्दै गएको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १ : २० बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल