प्रधानमन्त्री ओली आज दिनभर झापामा, यस्तो छ कार्यतालिका « Khabarhub

प्रधानमन्त्री ओली आज दिनभर झापामा, यस्तो छ कार्यतालिका


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली झापा आइपुगेका छन् । यती एयरलाईन्समार्फत ओली भद्रपुर विमान स्थलमा अवरतण गरेका हुन् ।

उनलाई प्रदेश १ का प्रमुख सोमनाथ प्यासी, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाइँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलगायतले स्वागत गरेका छन् ।

उनी आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा ‘चाइना नेपाल फ्रेण्डशिप ईण्डट्रियल’ पार्कसहित विभिन्न पुलको शिलान्यास र उद्घाटनका लागि झापा आएका हुन् ।

यस्तो छ कार्यतालिका

ओलीको सचिवालयका अनुसार ओली आज दिनभर उनको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा रहने छन् । उनी पहिलो कार्यक्रमका लागि कमल खोलामा निर्मित पुल उद्घाटनका लागि कमल-२ क्याम्पामा पुग्दै छन् ।

१२:४५ मा उनको गृहनगर दमक १० र मोरङ जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन कार्यक्रम राखिएको छ । १: ४५ मा सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थान रतुवा खोलामा निर्मित पुल उद्घाटन गरि १:३० मा चाइना नेपाल फ्रेण्डशिप इण्ड्रष्टियल पार्क शिलान्यास समारोहमा पुग्ने छन् । कमल ७ को झर्काहा बजारमा यो कार्यक्रम राखिएको छ ।

दिन भरिका लागि विभिन्न कार्यक्रम राखिए पनि उनको सम्वोधन भने सोही कार्यक्रममा मात्र हुनेछ । सम्वोधन पछि ३:१५ मा दमक १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने स्थानको रतुवा खोलामा निर्माण भएको पुल उद्घाटन गरि ३:४५ मा दमक २ पुग्ने छन् । त्यहाँ उनले रतुवा खोलामा नयाँ पुलको शिलान्यास गर्ने छन् ।

सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ ।

आधा दर्जनभन्दा धेरै कार्यक्रमहरूमा सहभागी भएर ओली साँझ ५:३० बजे भद्रपुर हुँदै काठमाडौँ फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १२ : २९ बजे

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस