दरबन्दी मिलान गरेका स्थानीय तहले मात्र शिक्षक सरुवा सक्ने « Khabarhub

दरबन्दी मिलान गरेका स्थानीय तहले मात्र शिक्षक सरुवा सक्ने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको काम सकेर प्रतिवेदन प्राप्त गरेका स्थानीय तहले मात्र शिक्षक सरुवा गर्न सक्ने जनाएको छ ।

गत पुस २० गतेदेखि शिक्षकको जिलान्तर सुरुवा रोक्कालाई फुक्का गर्दै केन्द्रले विभिन्न सर्तमा मात्र शिक्षक सरुवा गर्न पाइने जनाएको छ ।

जिल्लान्तर सरुवा हुने स्थानीय तह तथा जिल्ला भित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भए पछि मात्र शिक्षक सुरुवा गर्न सक्ने केन्द्रले जारी गरेका सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा सिफरिस गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तहमा सरुवा गरी पदपूर्ति गर्न नपाइने केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए ।

स्थानीय तह अन्तर्गतको विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीमा सरुवाबाट पदपूर्ति गर्नुपर्ने अवस्था आएमा स्थायी पदपूतिका लागि सिफारीस भएको संख्यामा असर पुग्ने गरी काम गर्न पनि नपाइने केन्द्रले जनाएको छ ।

त्यस्तै, खुद पुल दरबन्दी रहेका (दरबन्दी कटौतीमा परेका) स्थानीय तहको खुद पुल रहेको तहको शिक्षक दरबन्दीमा सरुवा गर्न नहुने दाहालले बताए ।

पारस्परिक सरुवाको हकमा विषय र तह मिल्ने भएमा मात्र सम्बन्धित विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको सिफारिसमा नियमानुसार सरुवा गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : २४ बजे

सुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि

शिक्षामन्त्रीको अपरिपक्व निर्णय श्रृंखलाले बालेन सरकारलाई नै पार्दैछ अप्ठ्यारोमा

काठमाडौं- फागुन २१ गतेको निर्वाचनताकाबाटै चर्चामा थिए सस्मित पोखरेल ।

यूएईद्वारा नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यूएईले नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुनसक्ने

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका

सुधारमार्फत योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान सुदृढ गरिने : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ले राष्ट्रिय योजना आयोग र नीति