लाइटर पड्केर आगलागी हुँदा १० लाखको क्षति « Khabarhub

लाइटर पड्केर आगलागी हुँदा १० लाखको क्षति


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ ।

माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आज आगलागी हुँदा जलेर नष्ट भएको हो । स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उनले बताए । गौडेलको ढुङ्गा माटोले निर्माण गरिएको टिनले छाएको दुईतले घरमा आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति भएको छैन । एउटा बाख्रा जलेर मरेको थापाले जानकारी दिए ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।

गर्मी मौसमको शरुआत आगलागीका घटना बढ्ने भन्दै प्रज्वलनशील वस्तुको प्रयोगमा सर्तकता अपनाउन माडी नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : ४७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर