उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुँदै « Khabarhub

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुँदै


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको उक्त बस्ती निर्माणका लागि मन्त्रालयले गुरुयोजना तयार गरिसकेको छ ।

यही फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस्ती शिलान्यास गर्ने कार्यक्रम छ । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा रु ३० करोड लागतमा १३२ घर निर्माण हुने सो बस्ती बनेपछि नगरपालिकाका १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएक र २७ परिवार सन्थाल जाति प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ ।

समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी गुरुयोजनाको डिजाइन गरिएको हो ।

शहरी विकासमन्त्री प्रभु साहले पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो । यसअघि गत माघ १७ गते प्रधानमन्त्री ओलीले चितवनको भरतपुरमा महानगर सिटी हलको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : ३२ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल