तनहुँ जलविद्युत् आयोजनाका ४ सय मजदुर आन्दोलित « Khabarhub

तनहुँ जलविद्युत् आयोजनाका ४ सय मजदुर आन्दोलित


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाव भएको छ ।

शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिट्टिन गई एक चिनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुङ्गा प्रहार गर्दा स्काभेटरको सिसा फुटेपछि कर्पोरेशनका व्यवस्थापक र मजदूरबीच तनाब उत्पन्न भएको हो ।

सोही विषयलाई लिएर मजदूरले विगत लामो समयदेखि आयोजनासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै करीब ४०० मजदूर आन्दोलनमा उत्रिएका छन् ।

आयोजनामा काम गर्दै आएका मजदूरले शनिबारदेखि निर्माण कार्यमा सहभागी नभएको सिनोहाइड्रो मजदूर युनियनका अध्यक्ष आशिष श्रेष्ठले बताए ।

दुवै पक्षबीच खतरा हुने देखिएकाले समस्या समाधान नहुँदासम्म काम रोकेर छलफलका माध्यमबाट सहजीकरण गर्न लागिएको बताइएको छ । वर्षमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने, सञ्चय कोषको व्यवस्था, जोखिम बहन अनुमति बहनलगायत माग राख्दै आएकामा सम्बोधन हुन नसकेको सरोकार समितिका सचिव कुशबहादुर थापाले जानकारी दिए ।

हाल निर्माण कार्य बन्द गरी आन्दोलनमा रहे पनि वार्ताको माध्यमबाट विवाद टुङ्ग्याउने गरी टोली गठन गरेर छलफल भइरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालेको छ । जिल्लाको साविकको झण्डै १८ गाउँ विकास समिति प्रभावित हुने सो आयोजनाले जनाएको छ ।

जलाशय क्षेत्रअन्तर्गत भिमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काहुँ शिवपुर र व्यास नगरपालिका रहेका छन् ।

त्यसैगरी बाँध, विद्युत् गृह, पानी निस्कासन सुरुङ र स्वीच वार्ड काँहु शिवपुर र व्यास नगरपालिकामा रहने छ । आयोजनाको सुविधा संरचना (पहुँच मार्ग, बसोवास क्षेत्र, ब्याचिङ्ग वार्ड) काँहु शिवपुर र व्यास नगरपालिकामा रहेको छ भने तल्लोतटीय क्षेत्र काँहु शिवपुर, पोखरी भञ्ज्याङ, केशवटार, धरमपानी, बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ ।

आयोजनाको लम्बाइ १८ किलोमिटर रहने छ । पानीले भरिंदा पानीको अधिकतम सतह समुन्द्र सतहबाट ४१५ मिटर रहने छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : १५ बजे

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति