न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ « Khabarhub

न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखिएको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध बरामद बरामद गरेका थिए । त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

तर, पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए ।

पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीशका हुन् ।

पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् ।

पोखरेललाई अनुसन्धानका लागि इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : २५ बजे

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक

एजेन्सी– युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार

‘प्राङ्गारिक मलमा अनुदानका लागि सङ्घमा ३५ करोड र प्रदेशमा ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको छु’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई