मेलम्चीको पानी आजदेखि काठमाडौँ उपत्यकाबासीको धारामा « Khabarhub

मेलम्चीको पानी आजदेखि काठमाडौँ उपत्यकाबासीको धारामा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि  काठमाडौं उपत्यकावासीको धारामा वितरण हुँदैछ ।

मेलम्ची आयोजनाले आज पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी उपत्यकाबासीको घरका धारामा वितरण गर्दैछ । आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२  निर्देशनालयले जनाएको छ।

मेलम्चीको पानी पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत उपभोक्ताको धारामा पुग्ने व्यवस्था गरिएको छ ।

१७ करोड लिटर क्षमताको यो आयोजना पूर्णरूपमा सञ्चालनमा आउन भने कम्तीमा २० दिन लाग्नेछ ।

परीक्षणअवधिमा उपत्यकामा रहेका रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै पानी वितरणको तयारी भएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्गमार्फत गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको थियो । आर्थिक वर्ष २०५५/५६ देखि मेलम्ची परियोजना सुरु भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : १५ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा